काठमाडौं । नेपाल र ओमानबीच हुने टी-२० विश्वकप क्वालिफायरको फाइनल खेलमा बाउन्ड्री (छक्का) लागेको बल एक हातले समात्ने दर्शकले २० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् ।
क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान) ले कीर्तिपूर क्रिकेट ग्राउन्डमा हुने खेलमा छक्का लागेको बल एक हातले समात्ने दर्शकलाई पुरस्कार दिने भएको हो ।
नेपालमा भइरहेको क्वालिफायरबाट यसअघि नै घरेलु टोली र ओमान सन् २०२४ मा हुने टी-२० विश्वकपमा छनोट भइसकेका छन् । आज कीर्तिपूर क्रिकेट ग्राउन्डमा यी दुई टोलीले क्वालिफायरको उपाधि निम्ति प्रतिष्पर्धा गर्दैछन् ।
फाइनल खेल अहिले ११ बजेबाट शुरू हुँदैछ । २० हजार रुपैयाँ प्राप्त गर्न दर्शकले क्लिन क्याच गर्नुपर्ने क्यानले जनाएको छ ।
प्रतिक्रिया