आईसीसी टी-२० विश्वकप : नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

आईसीसी टी-२० विश्वकप : नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने


काठमाडौं । आईसीसी टी-२० विश्वकप एसीयाली छनोटको फाइनलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

टी-२० विश्वकपमा स्थान बनाएका नेपाल र ओमान आज च्याम्पियन बन्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।

त्रिवि क्रिकेट मैदानमा अहिले ११ बजेबाट खेल सुरु हुनेछ । घरेलु समर्थहरूको साथमा रहेको नेपाललाई आज च्याम्पियन बन्ने मात्रै नभएर समूह चरणमा भएको हारको बदला लिने अवसर पनि रहेको छ ।

नेपाल समूह चरणमा ५ रनले पराजित भएको थियो । तर सेमिफाइनलमा यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गर्न सफल भएको थियो ।