काठमाडौं । उत्तरी छिमेकी चीनले भूकम्प पीडितका लागि १०० मिलियन नेपाली रुपैयाँ बराबरको सहयोग घोषणा गरेको छ ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासले सो सहयोगबारे जानकारी दिएको हो । राहत तथा उद्धारका लागि टेन्टलगायतका सामाग्री सहयोग गर्ने चीनले जनाएको छ । दूतावासले दुई दिनभित्रै राहत सामाग्री आइपुग्ने जानकारी दिएको छ । केही सामान बाटोमा पुगिसकेको बताएको छ ।
याे सहयाेग चाइना साउथ एसियन कन्ट्री इमर्जेन्सी सप्लाइ रिजर्भबाट गर्न लागिएकाे हाे ।
प्रतिक्रिया