रुसी राष्ट्रपति पुटिनद्धारा जाजारकोट भूकम्पको क्षतिप्रति दुःख व्यक्त

रुसी राष्ट्रपति पुटिनद्धारा जाजारकोट भूकम्पको क्षतिप्रति दुःख व्यक्त


काठमाडौं ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको  धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुःखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरूका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।