कोशी सरकारले भूकम्प पीडितका लागि एक करोड रूपैयाँ दिने

कोशी सरकारले भूकम्प पीडितका लागि एक करोड रूपैयाँ दिने


विराटनगर । कोशी  प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र  पुनर्स्थापनाका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको छ ।

शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले नगदसँगै एक ट्रक राहत सामग्री पनि पठाउने निर्णय गरेको मन्त्री गणेश उप्रेतीले जानकारी दिए । उनका अनुसार ब्लाङ्केट, त्रिपाल र म्याट्रेस एक ट्रक पठाइनेछ ।