मूलपानीमा क्रिकेटको ‘क्रेज’ हेर्नुहोस् (तस्बिरसहित)

मूलपानीमा क्रिकेटको ‘क्रेज’ हेर्नुहोस् (तस्बिरसहित)


काठमाडौं । आज भएको खेलमा सेमिफाइनल खेलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ ।

आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो हो । नेपाल र यूएईको छनोटको सेमिफाइनल खेल हेर्न भरपुर समर्थकको निकै बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि अहिलेसम्म छनोट हुन सकेको थिएन ।