यूएईविरुद्ध सानदार जित हात पार्दै नेपाल टी-२० विश्वकपमा

यूएईविरुद्ध सानदार जित हात पार्दै नेपाल टी-२० विश्वकपमा


काठमाडौँ । ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई सानदार रुपमा हराउँदै नेपाल ट्वान्टी-२० विश्वकपमा प्रवेश गरेको छ । यो जितसँगै नेपालले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने विश्वकपमा खेल्ने छ ।

शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल फाइनलसँगै विश्वकपमा प्रवेश गरेको हो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकपमा पनि नेपालले खेलेको थियो ।

टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । नेपालले १७.१ ओभरमा २ विकेट गुमाउँदै १३६ रन बनायो ।

नेपालले आइतबार ओमानसँग फाइनल खेल्नेछ । ओमान बहराइनलाई १० विकेटले हराउँदै फाइनल गएको हो ।