पौडेलले दिलाए नेपाललाई पाँचौँ सफलता

पौडेलले दिलाए नेपाललाई पाँचौँ सफलता


काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा यूएईविरुद्ध नेपालले पाँचौँ सफलता हासिल गरेको छ ।

१५.५ ओभरमा नेपालका कप्तान रोहितकुमार पौडेलले नेपालका लागि एक विकेट थपे ।

यसअघि कुशल मल्ल, सन्दीप लामिछाने र सोमपाल कामीले एक–एक विकेट लिएका थिए । यूएईका एक खेलाडी रनआउट भए ।

यो समाचार तयार पार्दासम्म १६ ओभरको खेल सकिँदा यूएईले पाँच विकेट गुमाएर १०० रन बनाएको छ ।