काठमाडौं । बारामा एक जना महिलाको शव फेला परेको छ।
महिलाको शव जितपुरसिमरा उपमहानगरपालिका–६ स्थित चौरीमा भेटिएको प्रहरीले जनाएको छ। स्थानीयले महिलाको शव देखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए।
अन्दाजी २५ वर्षीय उमेरकी ती महिलाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
‘शव सड्न सुरू भइसकेको छ। ठूल्ठूला घाँस उम्रेको ठाउँमा शव फेला परेको छ। घटना शंकास्पद देखिन्छ, हत्याको आशंका छ,’ उनले भने।
घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली समेत खटिएको उनले बताए। शवलाई प्रादेशिक अस्पताल कलैयामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेको भनाइ छ।
प्रतिक्रिया