टी-२० विश्वकप : मलेसियालाई हराउँदै दोस्रो जित निकाल्ने दाउमा नेपाल

टी-२० विश्वकप : मलेसियालाई हराउँदै दोस्रो जित निकाल्ने दाउमा नेपाल


काठमाडौं । नेपालले आइसिसी टी(२० विश्वकप एसिया फाइनल छनोटमा आज मलेसियासँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि ( २० विश्वकप एसिया फाइनल छनोटको दोस्रो खेल आज दिउँसो सवा एक बजे सुरु हुने नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ।

उपाधिको प्रमुख दाबेदार नेपालले सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। प्रतियोगिताको सुखद सुरुवात गरेको घरेलु टोली नेपालले लगातार दोस्रो जित निकाल्ने दाउमा छ। मलेसियालाई हराउँदा नेपालको सेमिफाइनल यात्रा सहज हुनेछ।
सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेलको अर्धशतकीय पालीको सहयोगमा १६: ३ ओभरमा दुई विकेट गुमाएर जित निकालेको हो। पहिलो खेलमा आक्रामक ब्याटिङ गरेका भुर्तेलले ७४ रन बनाएका थिए।

नेपालले बिहीबार ओमानसँग खेल्नेछ। कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्।

फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ।