लगातार उकालो लागेको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

लगातार उकालो लागेको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । आइतबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य सोमबार केही घटेको छ ।

आइतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५ सयले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँका दरले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।