सिंगापुरविरूद्ध कुशल भुर्तेलको अर्धशतक

सिंगापुरविरूद्ध कुशल भुर्तेलको अर्धशतक


काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा सिंगापुरविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले २६ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ६ चौका र २ छक्का प्रहार गरे।

उनलाई अहिले अर्का ओपनर आसिफ शेखले साथ दिइरहेका छन्। भुर्तेलले अर्धशतक पूरा गर्दा नेपालले ७ ओभरमा बिनाविकेटको क्षतिमा ७२ रन जोडेको स्थिति थियो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो।