सुनको भाउले बनायो नयाँ रेकर्ड, प्रति तोला कति पुग्यो

सुनको भाउले बनायो नयाँ रेकर्ड, प्रति तोला कति पुग्यो


काठमाडौँ। आज आइतबार स्थानीय बजारमा सुनको भाउले रेकर्ड बनाएको छ।

आज सुनको मुल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार मात्रै हालसम्मकै उच्च १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रवार भन्दा आज थप १ हजारले सुनको भाउ कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको छ।

त्यसैगरी यसदिन चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तराष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको असर स्थानीय बजारमा पर्न गएको हो।