त्रिदेशीय टी-२० सिरिजमा नेपालले युएईको चौथो विकेट लिएको छ।
सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बलिङ गरेको नेपालले युएईको चौथो विकेट लिएको हो।
कुशल मल्लले १२.१ ओभरमा गरेको बलमा अलिशान शराफु रनआउट भए। उनी ९ रन बनाएर आउट भएका हुन्।
त्यसअघि गुलशन झाले ८.५ ओभरमा आसिफ खानलाई आउट गरे। खान १८ रन बनाएर आउट भएका हुन्। झाको बल प्रहार गर्नेक्रममा सोमपाल कामीले क्याच आउट गरे।
सोमपाल कामीले मोहम्मद वासीमलाई आउट गरेका हुन्। उनलाई गुलशन झाले क्याच आउट गरे। वासीम आठ रन बनाएर आउट भएका हुन्।
सोमपालले नै खालिद शाहलाई पहिलो ओभरको छैटौं बलमा बोल्ड गरेका हुन्। शाह १२ रन बनाएर आउट भए।
नेपालले यस सिरिजमा लगातार तीन जित हात पारिसकेको छ। हङकङलाई दुई पटक र युएईलाई एक पटक पराजित गरिसकेको छ।
प्रतिक्रिया