राजनीतिक दलका लागी सरकार भन्दा जनता महत्वपुर्ण हुनुपर्छः ओली

राजनीतिक दलका लागी सरकार भन्दा जनता महत्वपुर्ण हुनुपर्छः ओली


एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वका गम्भीर समस्या समाधान गर्न एसियाली राजनीतिक दलहरुहरुले नेतृत्वदायि भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

एसियाली राजनीतिक दलहरुको अन्तराष्ट्रिय सम्मेलन आईक्यापको स्थायी समितिको चौधौँ बैठक एवं एसिया–युरोप राजनीतिक मञ्चको पाँचौ बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले एसियाली राजनीतिक दलका हैसियतले विश्व आर्थिक मामिलामा एसियाको प्रभावकारी भूमिका बढाउन प्रयत्नशील रहदा, विश्वका गम्भीर समस्या समधान गर्नसमेत नेतृत्वदायी भूमिका खेल्ने संकल्प गर्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले नेपालमा परिपूर्ण लोकतन्त्रकोे अवधारणा अवलम्बन गर्दै नेपाली जनताको सुख र समृद्धिको आकांक्षा पूरा गर्नुलाई सवैभन्दा ठूलो कार्यभार मानेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा राजनीति र राजनीतिक दलको निरन्तर प्रयत्नबाट मुलुकमा आत्मनिर्णयको अभ्यास गर्न सक्षम भएको र मानवअधिकार र मौलिक स्वतन्त्रताको प्राप्ति सम्भव भएको बताउनुभयो ।

उहाँले राजनतिक स्थायित्व हासिल गर्दै आर्थिक विकासको बाटो पहिल्याउने तथा आन्तरिक स्थिरता र बाह्य सुरक्षा कायम राख्न सक्ने मुलुक नै समृद्धशाली राज्य हुने बताउनुभयो ।