३६ अर्बले घट्यो भौतिक पूर्वाधार मन्त्रालयको बजेट

३६ अर्बले घट्यो भौतिक पूर्वाधार मन्त्रालयको बजेट


आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट करिब ३६ अर्बले घटेको छ ।

चालु आर्थिक वर्षमा मन्त्रालयले चालु आर्थिक वर्षमा १ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट पाएको थियो । यो कुल बजेटको १०।१५ प्रतिशत थियो ।

तर, आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ३१ अर्ब ३९ करोड मात्रै बजेट पाएको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले संसदमा पेश गरेको बजेटमा विभिन्न सडकमार्गहरुको निर्माण सुरु गर्ने, विस्तार गर्ने र नियमित कार्य जारी राख्ने उल्लेख छ ।

काठमाडौं महानगरपालिकाले बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन संघीय सरकारले असहयोग गरेको भन्दै आक्रोश व्यक्त गर्दै आएको छ । महानगरका मेयर बालेन्द्र साह९बालेन०ले सुकुम्बासी बस्ती हटाउन सहयोग नगरेको भन्दै फोहोर नउठाउनेदेखि, प्रधानमन्त्रीले बोलाएको बैठकमा नजानेसम्म गरेका थिए ।