बागमती, विष्णुमती लगायत नदी किनार क्षेत्रका अनधिकृत बस्ती हटाइने

बागमती, विष्णुमती लगायत नदी किनार क्षेत्रका अनधिकृत बस्ती हटाइने


सरकारले बागमती एवम् विष्णुमतीसहितका नदी किनार क्षेत्रका अनाधिकृत बस्ती हटाउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर स्थानीय तहको सहकार्यमा बस्ती हटाउने घोषणा गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन संघीय सरकारले असहयोग गरेको भन्दै आक्रोश व्यक्त गर्दै आएको छ । महानगरका मेयर बालेन्द्र साह९बालेन०ले सुकुम्बासी बस्ती हटाउन सहयोग नगरेको भन्दै फोहोर नउठाउनेदेखि, प्रधानमन्त्रीले बोलाएको बैठकमा नजानेसम्म गरेका थिए ।