देशभर फेरि एकपटक कोरोना संक्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा गरिएको २४२९ नमुना परीक्षणमा २४ जना नयाँ संक्रमित थपिएका हुन्।
योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७८ पुगेको छ । यहीवीच ३ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा २८ हजार ९१० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हिजो मात्रै ६९ जना नयाँ संक्रमित थपिएका थिए ।
जबकी देशमा कोरोना संक्रमण लगभग शुन्यमा झर्न थालेको थियो । तर केही दिन यता फेरि संक्रमण बढ्न थालेको देखिएको छ ।
प्रतिक्रिया