प्रचण्डलाई ओलीको च्यालेञ्ज, तपाईं वैशाखभन्दा उता जानुहुन्न

प्रचण्डलाई ओलीको च्यालेञ्ज, तपाईं वैशाखभन्दा उता जानुहुन्न


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुट्ने बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सम्वाद प्रतिनिधिसभा बैठकमा सुनाएका छन् ।

राष्ट्रपतिको उम्मेदवारी मनोनयन ९१३ फागुन० अघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले र एमाले अध्यक्ष ओलीसँग निकै पटक सम्वाद गरेका थिए । अन्तिम अन्तिमको छलफलमा आफूले दुबै जना मिलेर कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव राख्दा ओलीले अस्वीकार गरेको प्रचण्डले सुनाए ।

त्यसक्रममा ओलीले आफूलाई धेरै ठूलो शिक्षासमेत दिएर पठाएको भन्दै प्रचण्डले भने, ‘उहाँले मलाई पटक–पटक तपाईं वैशाखभन्दा उता जानुहुन्न । वैशाखमा राष्ट्रपतिको बायाँ पट्टी लविमा तपाई र म एकै ठाउँमा हुन्छौं भन्नुभएको छ ।’

प्रचण्ड प्रधानमन्त्रीबाट हट्ने र पूर्वप्रधानमन्त्रीको लहरमा आफूसँगै बस्न आइपुग्ने ओलीको भनाइ थियो । एमाले नेताहरुले पनि सार्वजनिक रुपमै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले सघाउने बताउँदै आएका छन् ।

आइतबार विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि डेढ २ महिनामै फेरि विश्वासको मत लिने अवस्था आउन सक्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने, उहाँ ९ओली० को भनाइलाई पुष्टि गर्ने कि फेल गर्ने हाम्रो हातमा छ ।’