अनेरास्ववियू पुर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीले गते देखि आयोजना गरेको पीयू अखिल कप अनेरास्ववियू केन्द्रीय अध्यक्ष सुदेश पराजुली को प्रमुख आतिथ्यता सम्पन्न गरेको छ । उक्त खेल फागुण १२ गते सम्पन्न गरेको जनाएको हो ।
उक्त प्रतियोगितामा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज सिभिल गु्रप प्रथम भएको छ भने आयोजना ए टिम दोस्रो, साथै उत्कृष्ट गोलरक्षक को उपाधि हिमालयन ह्वाइट का गोलरक्षक अबिर बस्नेत, उत्कृष्ट खेलाडी को उपाधि कान्तिपुर सिटी कलेज सिभिल गु्रप का खेलाडी राजन शाही तथा सर्वाधिक गोलकर्ता को उपाधि हिमालयन ह्वाइट कै सौगात अर्याल ले पाएका छन।
दुई-दुई को बराबरी मा रोकिएपछि खेल पेनाल्टी सुट आउट मा धकेलिएको थियो र हिमालयन ह्वाइट हाउस को तर्फ बाट रमेश बिक्रम शाहि ले निर्यायक गोल गरेका थिए ।
प्रतिक्रिया