भक्तपुर । दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको तीनदिन सम्ममा
करिव २० हजार दर्शकले अवलोकन गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।
उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने आयोजकको तयारी छ । साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्नु पनि महोत्सवको अर्को मुख्य उद्देश्य रहेको समेत महतले जानकार िदिए ।
महोत्सवका संयोजक दीपक थापाका अनुसार
दैनिक रुपमा चर्चित कलाकारहरुले सांगीतीक प्रस्तुती र महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनहरू भएकाले किनमेल र मनोञ्जन एकैथलोमा गर्न थलो महोत्सव भएको छ ।
नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर महोत्सव सल्लाघारीस्थित चौउरमा बैशाख ६ गतेसम्म संचालन हुनेछ, संयोजक थापाले भने । मनोरञ्जन र किनमेल गर्ने उत्तम विकल्प बनेको छ ।
महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू रहेका छन्, प्रवेशकालागि विद्यार्थीका लागि रु. ५० तथा सर्वसाधारणका लागि रु. १०० टिकट दर निर्धारण गरिएको छ । जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।






प्रतिक्रिया