यस्ता छन् कांग्रेस संसदीय दलको नेताका आकांक्षी

यस्ता छन् कांग्रेस संसदीय दलको नेताका आकांक्षी


कांग्रेसमा संसदीय दलको नेतामा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीदेखि युवा सांसद निश्कल राईसम्मको चर्चा छ।

केसीले संसदीय दल नेतामा खुलेर आकांक्षा नराखे पनि आफू उक्त पदका लागि योग्य रहेको कुरा बताएका छन्।

यस्तै, समानुपातिकतर्फबाटै प्रतिनिधिसभा सदस्य बनेका पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बे पनि संसदीय दल नेता उम्मेदवार बन्ने चर्चा छ।

कांग्रेसभित्र प्रत्यक्ष निर्वाचन जितेर आएका र युवालाई संसदीय दलको नेता बनाउनुपर्ने आवाज पनि उठ्न थालेको छ।

सांसद योगेश गौचन थकाली, निश्कल राई, फिरदोश आलम, सन्दीप राना र बासना थापा जस्ता सक्षम र सम्भावनाशील अनुहारहरूलाई संसदीय दलको नेताका रूपमा अघि बढाउनुपर्ने आवाज बढ्दो छ ।