भक्तपुर – सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजनामा यही चैत १८–२० गते सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता सञ्चालन हुने भएको छ। समितिका संयोजक एवं नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो।
समितिका सदस्य सचिव दीपक थापाका अनुसार, प्रतियोगितामा भाग लिन इच्छुक भक्तपुरका क्लब, संघ र संस्थाले चैत १६ गतेभित्र निःशुल्क फारम भरेर सहभागिता जनाउन सक्नेछन्।
त्यस्तै, नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी सामुदायिक विद्यालयका विद्यार्थी खेलाडीहरूलाई नगरस्तरीय खेलाडीको हकमा ८०० रुपैयाँ र जिल्लास्तरीय खेलाडीको हकमा १,२०० रुपैयाँ प्रोत्साहन स्वस्प नगद प्रदान गरिने छ।
सूर्यविनायक नगरपालिका युवा खेलाडीहरूको प्रतिभा र खेलकुदको उत्साहलाई प्रोत्साहित गर्न यस प्रतियोगितालाई विशेष महत्व दिदैं आएको छ।



प्रतिक्रिया