काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित समारोहमा उनलाई शपथ खुवाए ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू र सरकारी कर्मचारीहरूको समेत सहभागिता थियो।
निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत ७८ वर्षका केसी निर्वाचित भएका थिए ।
ज्येष्ठ सदस्यको हैसियतले केसीले बिहीवार प्रतिनिधिसभाका बाँकी सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यसूची छ। सभामुख निर्वाचित नभएसम्म प्रतिनिधि सभाको बैठकको अध्यक्षता पनि उनैले गर्नेछन् ।



प्रतिक्रिया