पोखरा । पर्यटकीय सिजनमा पनि पर्यटकको आगमन घटेको छ। अमेरिका–इजरायल र इरानबिच बढ्दो तनावले मुख्य ट्रान्जिट हब जस्ता दुबई, कतार र साउदी अरेबियामा असर पुर्याउँदा युरोप र अमेरिकाबाट आउने पर्यटक नेपाल आउन सकेका छैनन्।
युरोप र अमेरिकाबाट आउने पर्यटक आउन नसक्दा होटल, ट्राभल र ट्रेकिङ बुकिङहरू धमाधम रद्द हुँदै छन्। युद्ध लम्बिँदा व्यवसायीहरू समेत समस्यामा परिरहेका छन्। मध्यपूर्वमा बढेको तनावले नेपालको पर्यटन क्षेत्र प्रभावित भएको छ।
अमेरिकाले अत्यावश्यक कामबाहेक नागरिकलाई विदेश ननिस्कन एड्भाइजरी जारी गरेका कारण अमेरिकी पर्यटक न्यून छन्। युरोपियन पर्यटक पनि अपेक्षाकृत कम सङ्ख्यामा आउँदैछन्। यद्यपि भारतीय र आन्तरिक पर्यटक पनि पोखरामा घटेका छन् ।
कोरोना महामारीपछिको उकालोमा रहेको नेपालको पर्यटन व्यवसाय फेरि मध्यपूर्वको तनावका कारण प्रभावित हुन पुगेको हो।



प्रतिक्रिया