संसद् अधिवेशन सञ्चालनका लागि तयारी पूरा

संसद् अधिवेशन सञ्चालनका लागि तयारी पूरा


काठमाडौँ । प्रतिनिधिसभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्ष र अन्य पूर्वाधारको तयारी पूरा भएको छ ।

निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

संसद् बैठक बस्ने मुख्य सभाकक्ष निर्माण हुन अझै केही समय लाग्ने भएकाले उक्त सभाकक्ष प्रयोग गर्न लागिएको हो ।

करिब पाँच अर्ब रुपैयाँ लागतमा सिंहदबारपरिसरमा संसद्को नयाँ भवन निर्माण भइरहेको छ ।

सांसदको शपथ चैत्र १२ गते गराउने योजनाअनुसार अस्थायी रूपमा नयाँ सभाकक्ष निर्माण गरिको हो ।