जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रीमानका साथ जानकी मन्दिरमा पूजाअर्चना गरेकी छन् ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले प्रधानमन्त्री कार्कीलाई जानकी मन्दिरमा पूजाअर्चनाका साथै आरतीसमेत गराएका थिए ।
सो क्रममा महन्थ दासले प्रधानमन्त्री कार्कीलाई फूलको माला र माता जानकीलाई चढाइएको चुनरी ओढाएर सम्मान गरे ।
पूजाअर्चनाका क्रममा प्रधानमन्त्री कार्कीले जानकी मन्दिरमा रहेको र नित्य दिन पूजा हुँदै आएको सवा लाख शालिग्राम भगवान्को समेत दर्शन गरिन् ।
जानकी मन्दिरमा हुँदै आएको सीताराम अखण्ड कीर्तनमा सहभागी हुँदै केहीबेर उनले सीतारामको जापसमेत गरिन् ।



प्रतिक्रिया