गुट नबनाउन सांसदहरुलाई रविको चेतावनी

गुट नबनाउन सांसदहरुलाई रविको चेतावनी


काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले अहिलेसम्म कसलाई मन्त्री बनाउने निर्णय नभएको बताएका छन् ।

बुधबार रास्वपाका नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले गुटमा नलाग्न सांसदलाई सचेत गराए। ‘अब कानुन निर्माताका रुपमा तपाईहरूको दौड स्वार्थ समूहको घरघरमा होइन। गुट बनाएर कांग्रेस एमालेलाई जितिँदैन साथीहरू हो,’ उनले भने, ‘कुनै गुट बनाउनु पर्दैन। घण्टीका मुनि सबै अटाउन सक्छौँ। घण्टीसँग त्यति तागत छ। कहीँ गुट बनाउनुपर्दैन।’

उनले सरकारमा सहभागितालाई लिएर पनि मिडिया ‘ट्रायल’ नगर्न नवनिर्वाचित सांसदलाई आग्रह गरेका छन्। उनले आफू केन्द्रित राजनीतिबाट माथि उठ्नुपर्नेमा बताएका छन्।

लामिछानेले देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने मा जोड दिएका छन् । आफ्नाभन्दा पनि देश र समाजका सपनालाई बोक्नुपर्ने उनको भनाइ छ।