खोटाङ । हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
काठमाडौंबाट ६ जना यात्रु बोकेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । यसअघि प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले शव बोकेर हेलिकप्टर त्यहाँ गएको भने पनि हेलिकप्टरमा शव भने नरहेको वडाध्यक्ष मिलन कुमार राईले जानकारी दिए । दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् । केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए । यसको थप विवरण आउन बाँकी छ ।



प्रतिक्रिया