रविको मुद्दा फिर्तासम्बन्धी रिटको सुनुवाइ हुँदै

रविको मुद्दा फिर्तासम्बन्धी रिटको सुनुवाइ हुँदै


रास्वपा सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतले आइतबार सुनुवाइ नसकिएपछि यो रिटलाई हेर्दाहेर्दैमा राखेको छ।

उक्त रिटमाथि आज पनि निरन्तर सुनुवाइ अगाडि बढाइनने छ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबार यो मुद्दाको सुनुवाइ भएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले रविविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

मुद्दा फिर्ता लिने निर्णय गरेपछि युवराज पौडेल, दिनेश त्रिपाठी र आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन्।

यी दुई कसुरमा मुद्दा फिर्ता भए पनि रविविरुद्ध सहकारी ठगी मुद्दा भने कायम रहनेछ।