काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थालाई संशोधन गर्ने भएको छ ।
रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ ।
उक्त धाराको ८ – ख संसदीय दलको नेता चयन गर्न ‘पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने’ उल्लेख छ । संसदीयको दलको नेता चयन गर्ने उक्त व्यवस्था संशोधन गर्न लागिएको जनाइएको छ ।
बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यावहारिक नभएको निर्क्यौलसहित रास्वापले विधान संशोधन गर्न लागेको हो ।
पार्टी सदस्यहरूबाट संसदीय दलको नेता चयन गर्ने विधि सम्भव नभएको हुँदा नयाँ विधि बनाउन लागिएको नेताहरूले जानकारी गराएका छन् ।
प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरू मध्येबाट ५० प्रतिशत मत कटाउने उम्मेदवार संसदीय दलको नेता चयन गर्ने रास्वपाको विधानमा उल्लेख छ ।
रास्वपाले संसदीय दलको नेता सर्वसम्मत रुपमा वरिष्ठ नेता बालेन्द्र शाहलाई बनाउने तयारी गरेको छ ।



प्रतिक्रिया