भक्तपुर, ६ फागुन । साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो तर सूर्यविनायक नगरपालिका वडा नं. ३ सलमपाखाका जेष्ठ नागरिक, महिला र जेन्जी युवाहरुको आफ्नो ठाउँमा विकासको मूल फुटाउने, निडर, साहसी नेता एवं नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई स्वागत गर्दै वियजीको आर्शिवाद दिन हातमा अबिर, फूल, माला र खादा लिएर कुरिरहेका बा आमाहरुको धैर्यको बाँध फुटेको थिएन ।
एमालेका पक्षमा घन्किरहको नारा र र्याली नजिकै आए प्रतिक्षालाई बिट मार्दै बुढी आमाले लौ है आइपुगे महेश बस्नेत, दहीको सगुन पनि ल्याउँ ल्याउँ । उमेर पाकौ भइसकेका ती बृद्ध बा, आमाको माया, भेटन आतुर मन, र्याली तिरै तन्किरहेका आँखालाई देख्दा जो कोहीको मन ढक्क फुल्छ । लाग्थ्यो, स्थानीय ती बा, आमा, दिदी बहिनी र युवाहरुको त्यो अगाध माया नेता महेश बस्नेतलाई मात्रै थिएन । देशलाई थियो, विकासलाई थियो ।
र्यालीसहित एमाले नेता महेश बस्नेतसहितको टोली आइनपुग्दै हतारिदै ती बा आमाले भन्नुभयो, यो देश जोगाउने नेता तिमी नै हौ, है बाबु । तिमीमा हामीले देखेको आँट, अठोट र हिम्मत देखेर धेरै भरोसा जागेको छ । यो देशलाई माथि उठाउ, भ्रष्टाचार अन्त्य गर, हाम्रो ठाउँमा जस्तै सबै ठाउँको विकास गर । हामीलाई तिम्रो भन्दा धेरै माया यो देशको छ, यो देश जोगाउने हिम्मत र साहस तिमीमा छ ।
सलमपाखाको त्यो चोकमा झमक्क साँझमा एक हुल जेष्ट नागरिकदेखि महिला, पुरुष र जेन्जी पुस्ताका युवाहरुलेसमेत अबिर, फूल, माला र खादा ओढाएर दहीको सुगन दिए ।
नेता बस्नेतले जनताको आशा, भरोास र विश्वासलाई टुट्न नदिने विश्वास दिलाउँदै प्रतिबद्धता व्क्त गर्नुभयो ।
बुधबार ३ बजे सूर्यविनायक वडा नं. ३ बालकोट नयाँ बस्ती भट्टाराई चोक, फलामे पुल, बन्दना डेरी, गणेश प्रावि, स्वास्थ्य चौकी, कृष्ण मन्दिर, प्रिसियस स्कुल, ओम साई स्कुल, प्रहरी चकी, ढुड्गेधारा, माडि टोल, सूर्यचोक, मायाको दोबाटो, भुजेल टोल, अधिकारी टोल, घिमिरे चोक, खनाल टोल, माडी टोल, सरस्वती मन्दिर, पानी ट्यांकी हुदै भिजन बैंक्वैटमा पुगेर घरदैलो सम्पन्न भएको थियो ।
घरदैलोमा पार्टी अध्यक्ष बचन देउजादेखि बालकोटवासीहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया