झापा–५ः ओली र बालेन बिहानैदेखि मतदातासँग प्रत्यक्ष संवाद र भेटघाटमा

झापा–५ः ओली र बालेन बिहानैदेखि मतदातासँग प्रत्यक्ष संवाद र भेटघाटमा


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन्। अध्यक्ष ओली र नेता शाह हिजो आफ्नो निर्वाचन क्षेत्र झापा ५ पुगेका थिए।

आज बिहानैदेखि दुवै नेता घरदैलोमा निस्किएका छन्। ओली आज दिनभर झापाको दमक नगरपालिकाका विभिन्न मुख्य चोकहरूमा आयोजना हुने भेटघाट कार्यक्रममा व्यस्त हुँदै छन्।

निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका ओलीले आज दमकका स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद र भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

यसअघि उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गौरादह, कमल र गौरिगञ्ज गाउँपालिकाका टोल टोलमा मतदातासँग ओली पुगेका थिए। नेता शाह पनि अहिले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँग भेट्दै घरदैलोमा छन्।

बालेन आफ्नो निर्वाचन क्षेत्रसँग देश दौडाहामा पनि व्यस्त छन्। एमालेले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको ओली र रास्वपाले अघि सारेका शाह सँगै चुनावी मैदानमा उत्रिएपछि झापा ५ को चुनावी भिडन्त रोचक बन्दैछ।