काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा देशको प्रधानमन्त्री कुलमान घिसिङलाई देख्न चाहानुहुन्छ भने चिममा भोट हाल्नु पर्ने उज्यालो नेपालका पार्टिका रामेछापका उमेद्धार दिप बहादुर योञ्जनले बताए। नेपालको सबै पुरानो पर्टिहरु भ्रष्टचारमा लिप्त भएकाले अबको नेपाल उज्याले नेपालले नेतृत्व गर्ने उनले बताए। रामेछाप कुलमान घिसिङको गृह जिल्ला भएकाले उज्जालो नेपालको जित सुनिश्चत रहेको उनले बताए।
त्यसैगरी उज्यालो नेपाल पार्टी काठमाडौं–रामेछाप सम्पर्क मञ्च गठन गरिएको छ। कार्यक्रममा २०० जनाभन्दा बढी व्यक्तिहरूले विभिन्न राजनीतिक दल परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य निराजन लामा, २०४६ सालदेखि नेपाली कांग्रेसमा सक्रिय सदस्य मनोज घिसिङ, नेकपा एमालेका नारायण स्याङ्ताद लगायतका नेता तथा कार्यकर्ताहरू रहेका छन्।
कार्यक्रममा पार्टी प्रवेश गर्दै अनेरास्ववियुका केन्द्रीय सदस्य पद त्याग गरी आएका निराजन लामाले कुलमान घिसिङ चिलिमे जलविद्युत कम्पनीका सीईओ रहँदा स्थानीय जनतालाई हाइड्रो सेयर वितरण गरी वास्तविक समाजवादको अभ्यास गरिएको बताए। उक्त कार्यबाट आफू प्रभावित भई उज्यालो नेपाल पार्टीमा आबद्ध भएको उनले स्पष्ट पारे।
सो अवसरमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले पार्टी प्रवेश गर्ने सबैलाई स्वागत गर्दै पार्टीले गर्ने कामप्रति कुनै पनि पछुतो नहुने गरी इमान्दार, पारदर्शी र परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।।



प्रतिक्रिया