तामाङ समुदायले मनायो सोनाम ल्होछार

तामाङ समुदायले मनायो सोनाम ल्होछार


काठमाडौँ । काठमाडौँको टुँडिखेलमा तामाङ समुदायले सोनाम ल्होछार मनाएको छ ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी सोनाम ल्होछार मनाइएको हो ।

ड्रागन वर्षको बिदाइ गरी आजदेखि घोडा वर्ष शुरु भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारको अवसरमा तामाङ घेदुङले काठमाडौँको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएको जनाएको छ ।