काठमाडौंमा उत्पादित रायो सागमा भेटियो ९९ प्रतिशत विषादी

काठमाडौंमा उत्पादित रायो सागमा भेटियो ९९ प्रतिशत विषादी


काठमाडौंमा । काठमाडौंमा उत्पादित रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ । बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग गर्न पूर्ण अयोग्य रहेको जनाइएको छ । सरकारले अर्गानोफस्फेटमा प्रतिशत दर ३५ भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ।