बु.न.पा वडा ४ ले शनिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने, सेवा लिन स्थानियबासीलाई अध्यक्ष केसीको आग्रह

बु.न.पा वडा ४ ले शनिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने, सेवा लिन स्थानियबासीलाई अध्यक्ष केसीको आग्रह


काठमाण्डौ । बुढानिलकण्ड नगरपालिका वडा ४ को नयाँ भवनमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । कान्तिपुर डेन्टल हस्पिटलको सहकार्यमा मुखको क्यान्सर परिक्षण गरिने वडाअध्यक्ष श्रीराम केसीले जानकारी दिनुभयो । साथै लायन्स कल्बबाट औधषी प्रदान गरिने उहाँले बताउनुभयो । ४ नम्बर वडाबासी जो कोहीले प्रेसरको औषधी खाइरहनुभएको भए त्यसको डाक्टरले दिएको औषधीको प्रेसकिप्सन लिएर वडा कार्यलय आउन समेत उहाँले आग्रह गर्नुभएको छ । उहाँले प्रेसरको औषधी निशुल्क वितरण गरिने बताउनुभयो । साथै रुघाखोकी कुनैपनि एलर्जी भएको भए त्यसको समेत औषधी निशुल्क दिइनेछ । सिंहदरबार गाउँगाउँमा पुगेको झल्को दिने र नागरिकको सेवामा प्रत्यक्षे सरोकार राख्ने यस्ता कम मात्रै स्थानिय तह छन् । जसले दिनरात नभनी नागरिरककै सेवामा तल्लिन बनेका छन् । यस्तै एउटा स्थानिय तह हो बुढानिलकण्ठ नगरपालिका वडा नं ४ । वडाअध्यक्ष श्रीराम केसीको नेतृत्वमा विकासले तिब्र रुपमा फड्को मारको छ । सडकबाटो, खानेपानी शिक्षा स्वास्थ्य जस्ता आधारभुत बिषयमा यो वडाले स्थानीयबासीलाई सेवा प्रदान गरेको छ ।