बुढानिलकण्ठ नगरपालिकाले भब्यताका साथ मनायो १२ औ नगर स्थापना दिवस, उत्कृष्ट करदाता सम्मानित

बुढानिलकण्ठ नगरपालिकाले भब्यताका साथ मनायो १२ औ नगर स्थापना दिवस, उत्कृष्ट करदाता सम्मानित


काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाले भब्यताका साथ १२ औ नगर स्थापना दिवस मनाएको छ । मंसिर १६ गते मंगलबार नगरपालिकाको प्राङगणमा भब्यताका साथ स्थापना दिवस सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दे नगर प्रमुख मिठठाराम अधिकारीले बुढानिलकण्ठ नगरपालिकाको विकास जनतालेनै मुल्याङकन गर्नुपर्ने बताउनुभयो । उहाँले बुढानिलकण्ठको मुर्ति स्थापना गरेको र भगवानलाई सम्झेर पनि नगरपालिकामा भ्रष्टचार नहुने जिकिर गर्नुभयो । कार्यक्रमलाई स्वागत गर्दै उपप्रमुख अनिता तामाङले प्रशासकीय शक्ति नै आजको गतिशिल सरकार भएको बताउनु भयो । उहाँले नगरपालिकाले शिक्षा मा कायापलट गरेको बताउनुभयो । त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष राजेन्द्र श्रेष्ठले नगर दिवसमा नगरपालिकाबासीको उपस्थिती उत्साहजनक रहेको बताउनुभयो । उहाँले नगरपालिकाले नागरिकका लागी निकै राम्रो काम गरेका कारण पनि नगरबासीको उपस्थिती राम्रो रहेको उल्लेख गर्नुभयो। त्यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष रवि खड्काले जनताको दुखमा महम बनेर जनप्रतिनिधिले काम गरेको बताउनुभयो । उहाँले कसैको एक रुपैया पनि नखाएर काम गरेको तर आन्दोलनका बेला सबै जना नकारात्मक बनेको उल्लेख गर्नुभयो । बुढानिलकण्ठ नगरपालिकाले आफ्ना विकासलाई तिब्र रुपमा अगाडी बढाएको मा नागरिक पनि खुशि देखिएका छन् । यस्तै कार्यक्रममा विभिन्न संग संस्था तथा होटल व्यबसायी तथा उत्कृट करदातालाई सम्मान गरिएको छ । सबैभन्दा बढी सम्पति कर दाखिला गर्ने लाई सम्मान गरिएको हो । जसमा बुढानिलकण्ठ हेरिटेजले सबैभन्दा बढी कर तिरको भन्दै सम्मान गरिएको हो । त्यस्तै नगरपालिकाले दिवसको अवसरमा विभिन्न विभागमा कार्यरत कर्मचारीलाई उत्कृट कर्मचारीको रुपमा नगद प्रमाणपत्र सहित सम्मान गरेको छ । नगर प्रहरीले जेनजी आन्दोलनका बेला नगरपािलका भवनमा तोडफोड हुन नदिएर बचाएको भन्दै नगरप्रहरीलाई नगद सहित सम्मान गरको हो । यस्तै स्वास्थ्यक्रमी, लगाएत विभिन्न सामाजिक संस्थालाई सम्मान गरेको थियो । कार्यक्रममा बुढानिलकण्ठ नगरपािलका भित्रका विद्यालयका विद्यार्थीले सांस्कृतिक नृत्य तथा विभिन्न कला प्रर्दशन गरेका थिए। कार्यक्रम परिसरमा विभिन्न हाते सामाग्री तथा बुढानिलकण्ठ नगरपािलकाका महिलाहरुले बनाएका सामाग्री बिक्रिका लागी राखिएका थिए । यस्तो अवसरमा सामान बिक्री धेरै हुने उनिहरुले विश्वास लिएका थिए ।