सङगीता अधिकारी , हेर्नेपोस्ट
काठमाडौं । काठमाडौं को मोडेल अस्पतालमा महिला सम्बन्धी दुईदिने कार्यशाला गोष्टी हुने भएको छ । जहा विभिन्न देशका स्त्रीरोग विशेषज्ञ डाक्टरले उपचार गर्ने काठमाडौं मोडेल अस्पताल का स्त्रीरोग विशेषज्ञ डाक्टर अरुणा कार्कीले जानकारी दिनुभयो । नेपाल सोसाइटी फर गाइनोक्लोजिस्ट इन्डोस्कोपी को आयोजनामा यो कार्यशाला गोष्टी हुन लागेको हो । यहि भदौ १९/२० गते देखी कार्यशाला गोष्टी हुने अस्पतालले जनाएको छ । जहा एडभान्स ल्याप्रोस्कोपी सर्जरी हिस्ट्रोस्कोपी हुने भनेको उहाले बताउनुभयो । महिलाको पाठेघरमा मासु पलाएको, महिनावारी अनियमित हुने , सिस्ट पलाएको सम्पुर्ण महिना सम्बन्धि रोगको बिषेश उपचार गरिने उहाले जानकारी दिनुभयो। यस्तै उक्त दुईदिने कार्यशाला गोष्टीमा महिना सम्बन्धी सम्पुर्ण उपचार विभिन्न देशबाट आएका स्त्रीरोग विशेषज्ञ डाक्टर बाट गर्न सकिने वरिष्ठ स्त्रीरोग विशेषज्ञडाक्टर गणेश दंगालले बताउनुभयो । जहा नेपाल सहित ८ देशका स्त्रीरोग विशेषज्ञ चिकित्सकको सहभागिता रहने उहाको भनाई छ । नेपालमा महिलाहरुमा विभिन्न किसिमका पाठेघर सम्बन्धी समस्याबाट ग्रसित छन । जसको विषेश उपचारमा विदेशी डाक्टरको सहभागिता ले अझ बढी सहयोग पुग्ने उहाले बिश्वास ब्यक्त गर्नुभयो ।
प्रतिक्रिया