मौलिक हकको संवैधानिक व्यवस्था अनुसार शान्तिपूर्ण विरोधसभा गर्न पाउने अधिकार नेपालको संविधानको धारा १७(२)(क) र धारा १७(२)(ख) अन्तर्गत सुनिश्चित गरेको छ। तर, ओली नेतृत्वको काठपुतली सरकारले निरन्तर रुपमा नागरिकको यो हक कुण्ठित गर्दै आएको छ।
यही क्रममा सन्तोष राजावादी शान्तिपूर्ण विरोधमा संलग्न भइरहेका बेला पक्राउ परेका छन् । उनलाई लक्षित गरेर मुद्दा दर्ता गर्नु र म्याद थप गर्दै झूटो अभियोग लगाउनु अलोकतान्त्रिक मात्र होइन, सरकारको नागरिकलाई आतंकित पार्ने नियत पनि स्पष्ट देखाउँछ ।
म यो दमनकारी कार्यप्रति गम्भीर आपत्ति जनाउँदै सन्तोष राजावादीलाई तुरुन्त रिहा गर्न सरकारसँग दृढ माग गर्दछु । सन्तोष कुनै व्यक्तिगत पात्र मात्र होइनन्; उनीमार्फत आज हजारौँ युवाहरूको आवाज सडकमा प्रतिध्वनित भइरहेको छ। यो आन्दोलन दबाएर रोक्न खोज्ने प्रयास अन्ततः असफल हुनेछ।
त्यसैले अब सम्पूर्ण देशभक्त नेपालीले आआफ्नो क्षेत्र र क्षमता अनुसार यो बिचौलिया र माफिया प्रवृत्तिको विरोधमा उभिनैपर्छ। प्रेस एवं नागरिक स्वतन्त्रतामाथि गरिएको हस्तक्षेप तुरुन्त बन्द हुनुपर्छ, र झूटो मुद्दा लगाएर नागरिकलाई त्रसित पार्ने अभ्यास अब बन्द हुनुपर्छ । स्वतन्त्र र स्वाभिमानी नेपाली जनताको आत्मामा चोट पुर्याउने कुनै पनि कदम अब सह्य हुने छैन ।
प्रतिक्रिया