निजामाति कर्मचारी युनियन स्वास्थ्य विभागीय समितिबाट वृहत स्वास्थ्य शिविर सम्पन्न

निजामाति कर्मचारी युनियन स्वास्थ्य विभागीय समितिबाट वृहत स्वास्थ्य शिविर सम्पन्न


काठमाडौं: नेपाल निजामाति कर्मचारी युनियन स्वास्थ्य विभागीय कार्य समिति र विशाल मिलन केन्द्रको संयुक्त स्वास्थ्य शिविर सम्मपन्न भएको छ। चण्डोल स्थित विशाल मिलन केन्द्रको कार्यलयमा भएको उक्त शिविरमा हाडजोर्नी तथा छाला सम्मबन्धी विशेषज्ञ चिकित्सकहरुले निशुल्क सेवा दिएका थिए। भने शिविरमा २ सय भन्दा बढी विरामीले सेवा लिएको बताइको छ।
उक्त शिविरको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गरेका थिए। उक्त शिविरको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री पौडेलले भनेका थिए ‘ गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न हामी सबै मिलेर लाग्नु पर्छ जनताले सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा पाउनु पर्छ यसमा हामी सबै सहयोग आवश्यक छ’।सरुवारोग बालरोग को पनि चेकजाक गरिएको थियो । साथै शिविरमा टेकु अ. बिर अ. ट्रमा स्वा. बिभागका निजामती कर्मचारीहरुको ऊपस्थिति थियो ।