ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर

ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर


काठमाडौँग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ ।
यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने “ग्रीनसुओ अप्सन” सहितको व्यवस्था गरिएको छ ।
यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राख्दछ ।
योजना पूर्ण रूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार संचालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ ।

मुख्य विशेषताहरू
( योजनाको प्रकारस् बन्दमुखी योजना
( फन्ड नामस् ग्लोबल आइएमई म्युचुअल फन्ड
( योजना नामस् ग्लोबल आइएमई समुन्नत योजना २
( कोष आकारस् प्रारम्भिक रू। १।२० अर्ब ९अत्याधिक माग भएमा रू। १।५० अर्बसम्म०
( प्रति इकाई मूल्यस् रू। १०
( सर्वसाधारणमा निष्काशन गरिने इकाइहरूस् १२ करोड इकाईहरू
( न्यूनतम लगानीस् १०० इकाई
( अधिकतम लगानीस् योजनाको १० प्रतिशत अर्थात् १।२० करोड इकाई
( योजना अवधिस् इकाई बाँडफाँड मिति देखि १० वर्ष
( लाभांश नीतिस् प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुनस् लगानी
( सूचीकरणस् नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीबद्ध
( प्रारम्भिक लगानीस् १५ प्रतिशत ९फन्ड प्रायोजक र व्यवस्थापक०
( व्यवस्थापन शुल्कस् नेट सम्पत्ति मूल्यको १।५० प्रतिशत
( डिपोजिटरी शुल्कस् नेट सम्पत्ति मूल्यको ०।२० प्रतिशत

लगानी मिश्रण
 इक्विटीरइक्विटी सम्बन्धी साधनहरूस् ७०–९० प्रतिशत ९उच्च जोखिम०
 ऋणपत्रस् निश्चित आम्दानी साधनहरूस् ०–१० प्रतिशत ९मध्यम जोखिम०
 फिक्स्ड डिपोजिटस् ०–१० प्रतिशत ९न्यून जोखिम०
 नगदरआईपीओरअन्य म्युचुअल फन्डस् ०–१० प्रतिशत ९न्यून जोखिम०

लगानी गर्नुपर्ने कारणहरू
( व्यवसायिक व्यवस्थापन
( विविधीकरण
( सहजता र पहुँच
( सस्तो लगानी
( पारदर्शिता
( कर छुट
( लगानीकर्ता संरक्षण

लगानी प्रतिफल

क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२।४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४।९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।
यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६।८८ प्रतिशत रहने प्रक्षेपण रहेको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ ।
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०।१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १।०२५ अर्ब कोष आकार रहेको छ ।
यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१।५० प्रतिशत स्वामित्व रहेको छ ।
यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।
यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ ।