टोखा नगरपालिका स्थापना भएको ९ वर्ष ,के के भए विकास निर्माणका काम ?

टोखा नगरपालिका स्थापना भएको ९ वर्ष ,के के भए विकास निर्माणका काम ?


टोखा नगरपालिका स्थापना भएको ९ वर्ष पुगेको छ । २०७१ माघ १६ गते सरकारले साविक झोरमहांकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोगंवु गाविस मिलाएर टोखा नगरपालिका बनाउने निर्णय गरेको थियो । यस नगरपालिका अन्तर्गत काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. ५ र ६ को केही भागहरू समेटिएका छन् ।

२०७२ मा संविधान जारी भइसकेपछि मुलुक संघीय संरचनामा गयो । र, २०७४ मा नगरपालिका भइसकेपछि पहिलो पटक स्थानीय जनप्रतिनिधि निर्वाचित भएर आएका थिए । पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको पहिलो वर्ष जनप्रतिनिधिले काम गरिसकेका छन् । विगतमा विकास निर्माणका क्षेत्रमा पछि परेको यो क्षेत्र नगरपालिका बनेर स्थानीय सरकारका रूपमा रूपान्तरण भएसँगै विकास निर्माणले गति लिएको छ ।

नगरक्षेत्रभित्र प्रत्येक ठाउँमा बाटोघाटो, खानेपानी र विद्युत पुगेको छ । जसबाट नगरवासी उत्साहित भएको देखिन्छ । टोखा नगरपालिका १ का स्थानीय डोलप्रसाद अधिकारी नगरपालिका निर्माण भएर जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि पहिलेको भन्दा विकास निर्माण धेरै भएको बताउँछन् । “बाटो, खानेपानी, बिजुलीको राम्रो विकास भएको छ । सडकहरू सबै पक्की बन्न नसके पनि घरैपिच्छे बाटो पुगेको छ,” उनले भने ।

वडा नम्बर ६ का प्रमोद गौतम पनि पहिले धापासी गाविस मात्रै हुँदा विकास निर्माण खासै हुन नसकेको बताउँदै अहिले नगरपालिका भइसकेपछि धेरै काम भएको बताउँछन् । “जसरी हुनुपर्ने हो त्यसरी नभए पनि फरक धेरै भएको छ ।