२६६९ अंकमा झर्‍यो सेयर बजार, ६२ कम्पनीको मूल्य बढ्यो

२६६९ अंकमा झर्‍यो सेयर बजार, ६२ कम्पनीको मूल्य बढ्यो


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १२।३८ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६६९ अंकमा कायम भयो । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको भयो । यस दिन कारोबार भएकामध्ये २५ प्रतिशत कम्पनीको सेयर मूल्य बढेको छ । ६२ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने ७ को स्थिर रह्यो । जीवन बीमा सेक्टर मात्रै बढेको छ । सो सेक्टर ०।०३ प्रतिशत बढ्यो ।

फाइनान्स सेक्टर सबैभन्दा धेरै १।३५ प्रतिशत घट्यो । बैंकिङ ०।३७, विकास बैंक ०।२०, होटल तथा पर्यटन ०।५०, हाइड्रोपावर ०।६४, लगानी ०।१०, उत्पादन ०।७१, माइक्रोफाइनान्स ०।५५, निर्जीवन बीमा ०।९६, अन्य ०।६१ तथा व्यापार सेक्टर ०।३२ प्रतिशत घटे । दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ७।५ प्रतिशत बढ्यो । त्यस्तै एसियन हाइड्रोपावरको ५।४, सिन्धु विकास बैंकको ४।९, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४।४ तथा स्वेतगंगा हाइड्रोपावरको ४।२ प्रतिशत बढ्यो ।

मिथिला लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सिन्धु विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावार र घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहे ।