स्वदेशी शिक्षालाई गुणस्तरीय बनाउनु आजको आवश्यकता: डिके ढुंगाना

स्वदेशी शिक्षालाई गुणस्तरीय बनाउनु आजको आवश्यकता: डिके ढुंगाना


अभिषेक अधिकारी
काठमाडौं । आजको समयमा ब्यबहारिक शिक्षालाई सहि र गुणस्तरीय बनाउन आवश्यक रहेको प्याबसनका अध्यक्ष डिके ढुंगानाले बताएका छन् । सोमबार निजी तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याबसन) ले आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षामा गरिनुपर्ने परिवर्तन आवश्यक रको बताए । उनले भने,‘लामो समय देखि गुणस्तर अभिवृद्धिमा सामुदायिक विद्यालयलाई पनि संगै लैजानु पर्छ भनेर प्याब्सनले काम गरिरहेको छ ।’
यहि फागुन २६ र २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा १६ औं राष्ट्रिय महाधिवेशन हुने भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । शिक्षामन्त्री , श्रममन्त्री , शिक्षा सचिव , शुभेच्छुक संस्था लगायत बिदेशी आगन्तुकहरुको पनि उपस्थिति रहने छ । डिजिटल माध्यमबाट दर्ता प्रणाली सम्पन्न गरेको र १ हजार ५ सय ४ जना प्रतिनिधिहरु सहभागी हुने जानकारी दिए । ४० जना पर्यवेक्षकहरु रहेको र केही पर्यवेक्षण गर्न माग गरिएको बताएका छन् ।

अध्यक्ष ढुंगानाले २ हजार बढी प्रतिनिधि सहभागी हुने र महाधिवेशनले नया“ नेतृत्व चयन गर्ने पनि बताएका छन् । पहिलो दिनको कार्यक्रम बिहान १० बजेबाट औपचारिक रुपमा सुरु हुने छ ।संस्थानमा महत्वपुर्ण भुमिका निभाउन सहयोग पुर्याउने अग्रज ब्यक्तित्वहरुलाई सम्मान गरिने बताइएको छ ।