केपी ओली कप,सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडी ले नगद पुरस्कार सङै यामाहाको तर्फ बाट बाइक पाउने

केपी ओली कप,सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडी ले नगद पुरस्कार सङै यामाहाको तर्फ बाट बाइक पाउने


केपी ओली कप फुटबल प्रतियोगिता को सर्वोत्कृष्ट गोलकिपर , उत्कृष्ट खेलाडी , सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडी ले नगद पुरस्कार सङै यामाहाको तर्फ बाट बाइक पनि पाउने भएका छन ।

राष्ट्रिय युवा संघ नेपाल का उपाध्यक्ष एबम प्रवक्ता कृष्णहरि केसी का अनुसार यामाहाको तर्फबाट सलुटो १२५ सीसी को बाइक प्रदान गर्न लागिएको हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने यस अघि नै आयोजकले घोषणा गरि सकेको छ ।

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि भोली मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उक्त खेल दशरथ रंगशालामा भोली साँझ ६ बजेबाट फाइनल सुरू हुनेछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ । फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनलअघि कुमा सागर, पुर्ण राईको प्रस्तुती रहनेछ ।

प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल त्रिपुरेश्वरस्थित वल्डटेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।