सुक्को रामाराम,
एक रुपैयाँ दाम छैन,
छ वटा गोजी— जता छामे पनि रित्तै।
कहिले सिरानीमुनि खोज्छु,
कहिले बजैको सारीतिर,
कतै गाँठो पारेर राख्या त छैनरु
माथ्लोघरे बडिबाले सराद्देको
पहेंलो टीका लगाइदिनुभयो,
डलर झर्छ कि भनेर हात थापें।
कहिले झोलिको देउता पूजा गर्छु,
कहिले फुपूको घर गइदिन्छु—
थोरै बढी गाडी भाडा पाइन्छ कि भनेर।
साथीहरू डेटिङ जान्छन्,
चटपटे र पानीपुरी खान्छन्,
आफू ऐलानी जग्गामा
ढेडु हेर्छु बस्छु ।
एकदिन एउटा गाउँमा,
खरूकी रोप्ने बजेट आएछ।
बादरको हातमा नरिवल त हो
लाखको बजेटमा नब्बे हजार खाएछ १
प्रतिक्रिया