नेप्सेसँगै कारोबार रकम पनि घट्यो

नेप्सेसँगै कारोबार रकम पनि घट्यो


 

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ११।२४ अंकले घटेको छ । शून्य दशमलव ४० प्रतिशतले घटेको नेप्से २७४८।९६ विन्दुमा बन्द भएको छ ।

 

बुधबार २२।१४ अंकले नेप्से बढेको थियो भने ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । आज ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल ८० कम्पनीको मूल्य बढ्यो भने १५७ कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज ८२ हजार ५७० पटकको सेयर किनबेचबाट १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर किनबेच भए । कुल १० उपसमूह घट्यो भने ३ उपसमूह बढ्यो ।

आज फाइनान्स, निर्जीवन बिमा र व्यापार उपसमूह बढ्यो । फाइनान्स ४०।३५, निर्जीवन बिमा १८।१५ र व्यापार १३।०८ अंकले बढ्यो । घट्ने उपसमूहहरुमा जिवन बिमा, लघुवित्त, होटल तथा पर्यटन, हाइड्रोपावर अघि रहे ।