राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शन गरिरहेका नेताहरूविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता हुने भएको छ।
अधिवक्ता अनुपम भट्टराईले दिएको रिट दर्ताको प्रक्रियामा रहेको उनले जानकारी दिए।
‘रास्वपा नेताहरूले हुलहुज्जत गरी अदालतको अवहेलना गरेकाले म कात्तिक १४ गते सर्वोच्चमा रिट लिएर गएको थिएँ,’ उनले भने, ‘सहरजिष्ट्रारले रिट दरपीठ गरिदिनुभयो। मैले पुन: निवेदन दिएपछि उक्त दरपीठ बदर भयो। अहिले दर्ता हुने प्रक्रियामा छ।’
प्रतिक्रिया