काठमाडौं । आइएमएस ग्रुपका अध्यक्ष तथा सफल व्यवसायी दिपक मल्होत्राले नेपालमा उद्योग व्यवसाय चलायमान हुन नसक्नुको कारण रियलस्टेड व्यबसाय चलायमान नहुनुको मुख्य कारण रहेको बताउनुभएको छ । उहाँले हेर्नेपोस्टसँग कुराकानी गर्दे यस्तो बताउनुभएको हो ।
रियलस्टेड व्यबसाय चलायमान नहुँदा अरु कुनैपनि व्यवसाय चलायमान हुन नसकेको उहाँले बताउनुभयो । राज्यले रियलस्टेड व्यबसायलाई हेर्ने दृष्ट्रिकोण नै फरक रहेको उहाँले बताउनुभयो । राज्यले यो क्षेत्रलाई अनप्रोडक्टिभ सेक्टर भन्ने गरेको छ यो कसरी अनप्रोडक्टिभ सेक्टर भयो भन्दै राज्यलाई प्रश्न गर्नुभयो । रियलस्टेड व्यबसायले अरु व्यबसायलाई खपत गर्ने मुख्य भुमिका खेलेको उहाँले बताउनुभयो ।
नेपालमा उद्योग व्यवसायलाई चलायमान बनाउन रियलस्टेड व्यबसाय जब सम्म फस्टाउन सक्दैन तब सम्म अर्थतन्त्र फस्टाउन नसक्ने उहाँको भनाई छ । १०० जना ग्राहक आफुँ सँगै भएको र बैंक फाइनान्स गरेर घर जग्गा जोड्न चाहन्छन तर तगारो नै यहि समस्याले गर्दा किन्न नसकिरहेको उहाँको भनाई छ । बटमलाईन भनेको यहि रियलस्टेड व्यवसाय गति दिनुरहेको उहाँको भनाई छ । केहि समय अगाडी अर्थमन्त्री बिष्णुप्रसाद पौडेल सँग भेटेर अर्थतन्त्र चलायमान बनाउने बिषयमा ज्ञापनपत्र बुझाईसकेको बताउनुभयो । तर त्यो कुरा कहाँ गएर अड्किएकोमा जिज्ञासा राख्नुभयो । अर्थमन्त्री अहिलेको अर्थतन्त्रको भयावह स्थिति देखेर चिन्तित रहेको र गति दिने अर्थमन्त्री देशले पाएको उहाँको बताउनुभयो ।
बैंकमा पैसा संचित हुनु बजारमा जान नसक्नु विडम्वना रहेको बजारमा गएर लगानी गर्नु बरु राज्यलाई कर तिर्नुचाहिँ उपयुक्त हुने उहाँले बताउनुभयो । नेपालमा लगानी गर्न चाहनेले अहिलेको अवस्थामा नेपालमै केहि गर्छु भन्नेहरुका लागी राज्यले विभिन्न झन्झट निम्त्याइदिने हुनाले सबै युवा पलायन भैरहेका छन् । राज्यले अनाआवश्यक दुःख दिने गरेकाले यो अवस्थामा कोहि लगानी गर्न नचाहेको मल्होत्राले बताउनुभयो । राज्यले उद्योगीका लागी सहज वातावरण बनाई दिनुपर्ने उहाँको भनाई छ ।
विदेशी लगानी विना नै नेपालमा लगानी भित्राउन प्रयाप्त लगानी गर्न सकिने अनुभव छ । नेपालीहरुले नै लगानी गर्न सक्छन । तर राज्यले वातावरण बनाईदिनुपर्ने उहाँको भनाई छ । राज्यले अनाआवश्यक कुरा जस्तै सम्पती सुद्धिकरण,राजस्व अनुसन्धान,अक्तियारले व्यापारीलाई अनाआवश्यक दुःख दिने काम गरेको यस्ता झन्झटिला समस्याले नेपालमा गरिखाने वातावरण हराउँदै गएको उहाँको जिकिर छ ।
प्रतिक्रिया